स्टार लेखक ‘मौनता’काे फिल्ममा साउथ भिलेनकाे धमाका

Published On: Monday March 8, 2021

Published By: Kollywood Hangama

नेपाली फिल्म उद्योगमा चलचित्र लेखकको रूपमा सबैभन्दा सफल चलचित्र लेखक हुन् मौनता श्रेष्ठ । उनि नेपाली फिल्म लेखनको विधामा बादशाहानै हुन्, उनलेे अहिलेसम्म १२० नेपाली फिल्मकाे कथा लेखिसकेका छन् । मौनताले लेखेका प्रायः फिल्म निकै ठुलो स्केलमा बन्ने गरेको छ, त्यसको उत्कृष्ट उदाहरणहाे धड्कन, अभिमन्यु, निखिल दाइ र दादागिरी लगायतका फिल्म । उनै मौनता अहिले ‘आँधी तुफान’ काे सिक्वेल ‘आँधी तुफान २’ दर्शकमाझ लिएर आउदै छन् । ‘आँधी तुफान २’ नेपाली फिल्म इतिहासमै सबैभन्दा ठुलो लेडिज स्टारर फिल्म हुने मौनताकाे दावी रहेको छ । फिल्ममा मौनता प्रस्तुतकर्ता र लेखकको रुपमा रहेकाछन् भने साउथ सुपरस्टार प्रभास अभिनित फिल्म ‘साहो’ मा भिलेनको रूपमा काम गरेका कनिज कोइराला मुख्य भिलेनकाे राेलमा देखिने भएका छन् ।

हैदरावाद मा प्रभास काे बिग प्राेजेक्ट ‘अादिपुरुष’काे सुटिङ गरिरहेका कनिज संग ‘आँधी तुफान २’ टिमले एग्रिमेन्ट गरिसकेको र केही समय पछि नै उनी चलचित्र छायांकनकाे लागि आउने मौनता श्रेष्ठले जानकारी दिएका छन् । फिल्ममा कनिज जोडिए सँगै फिल्मले व्यापक हाइप प्राप्त गरेको छ । कनिज फिल्ममा निकै खतरनाक भिलेनकाे रुपमा प्रस्तुत हुने जानकारी प्राप्त भएको छ।

चलचित्र ‘आँधी तुफान २’ केही दिन अघि राजधानीमा एक कार्यक्रमको आयोजना गरेर निर्माण घोषणा गरिएको थियो । फिल्मलाई मदन घिमिरेले निर्देशन गर्नेछन् ।

फिल्ममा मुख्य नायकमा सञ्जय खतिवडा अभिनय गर्दैछन् । मुकुन्द थापा, धुव्र कोइराला, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम लगायतको पनि फिल्ममा अभिनय रहनेछ । फिल्म चैत्र बाट छायांकनमा जाने बताइएको छ ।

Share This
  • 190
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    190
    Shares