स्टारडम बहस : पहिले राजेश – निखिल , अहिले अनमोल – पल या प्रदिप, काे अगाडि ?

Published On: Monday November 23, 2020

Published By: Kollywood Hangama

कलिउड हंगामा । नेपाली फिल्मकाे इतिहासमा सबैभन्दा धेरै नाम लिइने स्टार हुन् राजेश हमाल, निखिल उप्रेती, रेखा थापा र बिराज भट्ट । ६० काे दशकमा यी कलाकारकाे माग यति थियो कि, उनिहरुलाई दैनिक ४,५ अोटा फिल्म समेत छायांकन गर्नुपर्ने स्थिति थियोे । स्टारडमकाे पिक आवरमा यि कलाकारले बार्षिक १०-१२ अोटा फिल्ममा काम गरे, अझै राजेश र निखिलले त १५-१६ अोटा समेत फिल्म गरेका थिए ।

स्टारडमकाे मजा चाखिरहेका यिनै कलाकारबिच बेलाबखतमा मनमुटाव पनि भैरहन्थ्याे, कहिले बोलचाल बन्दा भएको खबर त कहिले एकले अर्कोलाई गाली गरेको खबर सुन्नमा आइरहन्थ्याे । तर त्यति हुदापनि उनिहरुले उघाेगलाई गति दिईरहेका थिए, एकै किसिमका फिल्म प्रति दर्शककाे रुचि घट्दै गएको थाहा पाएपछि यी कलाकारले फिल्ममा अभिनय कम गर्न थाले । निखिल उप्रेतीले त १५० फिल्म कटेपछि ब्रेक लिने भन्दै फिल्ममा कामै गर्न छाडिदिए ।

आफ्नाे समयमा राम्रो स्टारडम र फ्यानडम महशुस गरेका ति सुपरसटारहरु विस्तारै फिल्म उघाेगबाट टाढिदै गए, काेहि अमेरिका, काेहि भारत त काेहि नेपाल भित्र टेलिभिजन कार्यक्रम तिर लागे । जसमध्ये रेखाले थाेरबहुत नेपाली फिल्ममा काम गरिरहिन् भने बिराजले भोजपुरी फिल्ममा लगातार काम गरे । राजेश टेलिभिजन कार्यक्रममा व्यस्त हुदै गर्दा उता निखिल उप्रेती भने प्याराग्लाईडिङ् देखि एयर ड्राइभिङ सिक्न व्यस्त भए ।

फरक धारकाे नारा लगाउदै पुराना कलाकारकाे अपमान गरेर, फिल्ममा मनलाग्दि अपशब्द र सिन राखेर फिल्म बनाउने जमातले नेपाली फिल्म उघाेग चलाईरहेकाे अवस्थामा यि कलाकार नेपाली फिल्ममा देखिनै छाडे । नेपाली फिल्म हेर्ने दर्शक विस्तारै भड्किदै गर्दा २०६९ साल तिर पुनः नेपाली फिल्म उघाेगमा एउटा नयाँ अनुहारले इन्ट्रि मार्याे । फिल्म उघाेगले स्टार कलाकार खाेजिरहेकाे थियोे । निखिल या राजेश हमालले पुनः फिल्म उघाेगमा कमब्याकगर्ने सम्भावना निकै कम भैरहेको अवस्थामा नयाँ स्टार जन्मिनु नेपाली फिल्म उघाेगकाे लागि राम्रो कुरा हाे । र त्याे स्टार थिए नायक अनमोल केसी । उनी पछि नयाँ स्टार जन्मिने क्रम बढेर गयो, २०७२ सालमा प्रदिप र पल, २०७३ मा आकाश श्रेष्ठ लगायत कलाकार स्टार भ्यालु सहित जन्मिए, उनिहरु मध्ये अनमोलले स्टारडम सिद्ध गरिसके भने बाँकी कलाकार पनि स्टारकाे परिचय बनाउँदै छन् ।

राजेश र निखिलकाे स्टारडम देखेका नेपाली दर्शकलाई अनमोल लगायतका कलाकारकाे स्टारडम हलुका लाग्नु स्वाभाविक थियोे, तर उघाेग ४,५ बर्ष सम्म स्टारबिहिन बन्न पुग्दा अनमोलले उघाेगलाई नयाँ गति दिने अनुमान गरियो । तर निखिल या राजेशले उघाेग चलाएजस्ताे अनमोल लगायतका कलाकारले चलाउन सक्ने कुरै थिएन, किनकि निखिल राजेशले बर्षमै १५-१६ फिल्म खेल्थे भने अनमाेलहरुले बर्षमा १ फिल्म मात्रै गर्थे । यसरी उघाेग चल्नसक्ने कुनै थिएन ।

हुनत दिपा श्रि निरौला जस्तै केहि अज्ञानी कलाकारले ७-८ जना मिलेर बर्षमा १ फिल्म हिट दिदै राजेश हमाललाई बर्षमा १ फिल्म मात्रै खेल्नु पर्थाे भनिरहँदा बर्षकाे १५-१६ फिल्मकाे कुरा उठाउनु गलत मानिन सक्छ, र त्यो ब्यबहारिक रुपमा सम्भव पनि छैन । तर अनमाेल जत्तिकाे युवा कलाकारले बर्षमा २,३ फिल्ममा काम गरून् भन्ने सबैको चाहाना थियोे नै ।

उघाेगमा कतै कमेडियनले जाेक र टुक्का भरेर उघाेग चलाएकाे फुर्ति गर्दै थिए भने, थिएटरबाट आएका क्यारेक्टर राेलमा काम गर्ने समुहले लिड राेलमा खेल्न पाएको खुशीमा आफ्नै दुनाे सोझ्याउन डकुमेन्ट्री फिल्म बनाएर, अर्गानिक फिल्म भन्दै हलमा रिलिज गरे । यसरी सिध्याउन लागिएको फिल्म उघाेगमा स्टार कलाकार नजन्मिनु निकै दुखद कालखण्ड थियो त्यो ।

एक अनमाेल त्यो पनि नयाँ अनुहार, बर्षमा १ फिल्म मात्रै खेल्ने, उनले मात्रै उघाेग चलाउन सक्ने स्थिति थिएन, उता चकलेटि हिराे आर्यन र जीवले थाेरै बहुत इज्जत धानिरहेका थिए ।

२०७२ तिर उघाेगलाई एउटा खुशीकाे क्षण प्राप्त भयो, नेपाली फिल्म उघाेगले आफ्नाे पुरानो सुपरस्टार फिर्ता पायाे, आफ्नै निर्देशनमा फिल्म ‘भैरब’ बाट एक्सन किङ निखिल उप्रेतीले जबरजस्त कमब्याक गरे । सुपरस्टारलाई पर्दामा हेर्न नपाएका दर्शकले फिल्मलाई ब्लकबस्टर बनाईदिए । निखिल उप्रेतीकाे सफलता र उनलाई दर्शकले दिएको साथ र माया देखेर अन्य पुराना कलाकारमा पनि थाेरै आशा पलायो । महानायक राजेश हमाल र बिराज भट्ले पनि लगत्तै एक्सन फिल्म बाट कमब्याक गरे, उता भाेजपुरीबाट पनि टाढिदै गएका बिराज नेपाली फिल्ममै फर्किने तयारीमा थिए, तर उनलाई पुरानै साथ मिल्छ कि मिल्दैन भन्नेमा अन्याेलता थियोे । तर निखिलकाे सफलताले उनलाई विश्वास दिलायाे, उनले पनि जय पर्सुराम नामक फिल्मबाट कमब्याक गरे, उनकै साथी राेज राणाले डेब्यु निर्देशन गरेको फिल्म प्रदर्शन पश्चात् फ्लप भयाे, लगत्तै उनलेे आफै निर्देशन गरेको साँङ्लाे पनि गत बर्ष मात्रै असफल प्रदर्शन भयो । महानायक राजेश हमाल र रेखा थापाले पनि पुरानाे स्टारडम फर्काउन सकेनन् । उनिहरु पनि एउटा राम्रो कमब्याककाे तयारी रहेको बुझिएको छ । बिराज भट्ट र रमित ढुङ्गाना पनि उनिहरुहरुकाे हिट फिल्म धुम काे चौथो सिरिजमा आबद्ध भैसकेका छन् ।
उता नयाँ स्टारहरुकाे पनि राम्रो लाईअप रहेको छ ।अब हेर्न बाँकी याे छ कि कुन स्टारले कसरी फर्काउछन् पुरानो स्टारडम ।

  • सुबाष अर्याल

Share This
  • 20K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    20K
    Shares