साम्राज्ञी माथि भुवन आक्रोश ‘कुन फिल्म काे नाम बेचेर खाइरहेकि छिन् ?’ भन्दै गरे व्यङ्ग्य ।

Published On: Monday June 29, 2020

Published By: Kollywood Hangama

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले शुक्रवार आफ्नो इन्स्टाग्राममा शेयर गरेको एक भिडियोले ,फिल्म क्षेत्र गर्माएकाे छ । उक्त भिडियोमा उनले ५ वर्षको अवधिमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताउँदै केही फिल्मको सुटिङ सेटमा खाना र पानी उपलब्ध गराउन आग्रह गर्दा निर्माता/निर्देशकले अपशब्द बोल्ने गरेको भन्दै पीडा पोखेकी छन् । 

उनकाे यो अभिव्यक्ति निर्माता तथा कलाकार भुवन केसीतर्फ पनि केन्द्रित थियो । उनले थुप्रै पटक मिडियासँगको अन्तर्वार्तामा फिल्म ‘ड्रिम्स’ को सेटमा आफूले भोगेका नराम्रा अनुभवहरु साटेकी छन् । तर, उनका भनाईहरुलाई नजरअन्दाज गर्दै आएका निर्माता भुवन केसीले यसपटक भने सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेरै साम्राज्ञीलाई जवाफ फर्काएका छन् । 

उनले सामाजिक सञ्जालमा गर्ने अभिनय फिल्ममा पनि गरेर देखाउन भन्दै व्यङ्ग्य पनि गरे । अभिनेता केसी सामाजिक सञ्जालमा यसरी आक्रोशित भएर प्रस्तुत भएको पहिलो पटक हो । 

अभिनेत्री साम्राज्ञीले शुक्रवार इन्स्टाग्राममा साझेदार गरेको भिडियोमा सुटिङ सेटमा खाना र पानी माग्दा केही निर्माता/निर्देशकले अपशब्द बोलेको भनाईप्रति आक्रोशित हुँदै कलाकार भुवन केसीले फेसबुकमा लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ।’ 

Share This
  • 558
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    558
    Shares