सलमानकाे परिवार माथि खनिए ‘दबंग’ निर्देशक ‘सिंहा’

Published On: Wednesday June 17, 2020

Published By: Kollywood Hangama

अभिनेता सुसान्त सिंह राजपुत ले आत्महत्या गरेलगत्तै, उनलाई लिएर विभिन्न तर्क सुरु भएको छ, उनलेे बलिउडमा चर्किएकाे नातावाद र ग्रुपिजम् काे कारण आत्महत्या गरेको तर्कले स्थान पाएकाे हाे । यसलाई लिएर बलिउडमा नातावादको विषयमा बहस सुरु भएको छ । फिल्म ‘दबंग’ का निर्देशकमध्ये एक अभिनव कश्यपले सोसल मिडियामा एक पोस्ट लेखेका छन्, जसमा उनले सलमान खान र उनको परिवारमाथि गम्भीर आरोप लगाएका छन् । 

अभिनवले लेखेका छन्, ‘मेरो अनुभव अलग छैन । म आफैं पनि शोषण र बुलिङको भुक्तभोगी हुँ । दश वर्षअघि ‘दबंग २’ बाट म यसकारण हटेँ कि अरबाज खानले सोहेल खानसँग मिलेर पूरै फेमिली बुलिङको माध्यमबाट मेरो करिअर कन्ट्रोल गर्न चाहन्थे । मेरो दोस्रो प्रोजेक्ट श्री अष्टिविनियाक फिल्म्ससँग थियो तर अरबाजले षड्यन्त्र गरे । जसले गर्दा मैले त्यो फिल्म गर्न पाइनँ ।’

उनले अगाडि लेखेका छन्, ‘मैले श्री अष्टविनायक फिल्म्सको साइनिङ एकाउन्ट फिर्ता गर्नुपर्‍यो र वायाकम पिक्चर्समा गएँ । उनीहरुले फेरि त्यही गरे । यसपटक नोकसान पुर्‍याउने केवल सोहेल खान थिए र उनले तत्कालीन वायाकमका सीइओ विक्रम मल्होत्रालाई डराए । त्यसपछि ७ करोडको साइनिङ एमाउन्ट फिर्ता गर्नुपर्‍यो साथमा 90 लाख ब्याजपनि ।

यसपछि उनलाई रिलायन्स इन्टरटेनमेन्टले बचाएको थियोे । यो कम्पनीसँग मिलेर अभिनवले फिल्म ‘बेशरम’ बनाएका थिए ।खान परिवारले फिल्म रिलिजभन्दा अगाडि नकारात्मक कुरा फैलाएको भए पनि ‘बेशरम’ ले रिलिज अगावै ५८ करोड कमाएको उनको भनाई छ । 
यो फिल्म प्रदर्शनको समयमा समेत सलमान खानको परिवारले ठूलो नोकसान पुर्‍याएको उनको आरोप छ ।

Share This
  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares