मेस्सिले पुरा गरे ६५० गोल

Published On: Monday February 1, 2021
Published By: Kollywood Hangama
मेसीले बार्सिलोनाका लागि ६५० गोल पूरा गरेका छन्।
आइतबार राति स्पेनिस ला लिगामा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई २(१ गोलले पराजित गरेको खेलमा मेसीले गोल गरेका हुन्।

घरेलु मैदानमा भएको खेलको २० मिनेटमा मेसीको गोलबाट बार्सिलोनाले अग्रता लियो।
मेसीले फ्रिकिकमार्फत सुन्दर गोल गरेका थिए। बिपक्षी टिम बिल्बाओका पाँच डिफेन्डरको वाल छिचोल्दै मेसीको प्रहारले गोलपोस्टको दिशा लियो।
मेसीले बार्सिलोनाका लागि फ्रिकिकमार्फत गरेको यो ४९औं गोल हो।
४९ मिनेट बार्सिलोनाका जोर्डी अल्बाले आफ्नै पोस्टमा गोल गरेपछि बिल्बाओलाई फाइदा पुगेको थियो।
७४ मिनेटमा एन्टोनी ग्रिजम्यानले दोस्रो गोल गर्दै बार्सिलोनालाई दोस्रो पटक अग्रता दिलाए।
यता लिगको शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडले कार्डिजलाई ४(२ ले पराजित गरेको छ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको एट्लेटिकोको १९ खेलबाट ५० अंक छ। दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाको २० खेलबाट ४० अंक छ। रियल म्याड्रिड ४० अंक नै जोडेर तेस्रो स्थानमा छ।