भुवन लाई साम्राज्ञीकाे ‘पलट वार’ मुखै खाेलेर भनिन्, मलाई ‘ह्यारेसमेन्ट’ गरियो ।

Published On: Monday June 29, 2020

Published By: Kollywood Hangama

नायिका साम्राज्ञिले आफू माथि भएको दुर्ववहार काे बारेमा खुलेर सामाजिक सञ्जालमा दुख पाेखेकि थिईन् , उनको कटाक्ष ड्रिम्स फिल्म का निर्माता तथा कलाकार भुवन केसीलाई तर्फ थियोे , तर भुवन ले तत्काल मुख खाेलीसकेका थिएनन्, तर आइतवार साँझ भने उनले फेसबुकमा आक्रोशपूर्ण स्टाटस लेखे । साम्राज्ञीलाई कटाक्ष गर्दै उनले ‘ड्रिम्स’ को नाम बेचेर अहिलेसम्म खाइरहेको आरोप लगाउँदै ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै आक्रोश पोखेका छन् । अभिनेता केसीले सामाजिक सञ्जालमा गर्ने अभिनय फिल्ममा गरेर देखाउन पनि आग्रह गरेका छन् । यसको जवाफ साम्राज्ञीले पनि फर्काएकी छन् । 

भुवन केसीले फेसबुकमा स्टाटस लेखेको एक घण्टापछि इन्स्टाग्राममा एक भिडियो पोस्ट्याउँदै साम्राज्ञीले भनेकी छन्, ‘एक जनाले के भन्नुभएको छ भने जुन थालमा खायो त्यही थालमा दुलो पार्‍यो । उहाँले मसँग राम्रो व्यवहार गर्नुभएको थियो भने यो अवस्था आउने नै थिएन । आज यो अवस्था आएकै उहाँले गर्दा हो ।’ उनले भिडियोमा भुवन केसीको नाम उच्चारण भने गरेकी छैनन् । 

उनले जापान अवार्डमा भुवन केसीले आफूमाथि नराम्रो व्यवहार गरेको आरोप पनि लगाएकी छन् । अवार्डमा अभिनेता केसीले भनेको कुरा सम्झँदै उनले थपेकी छन्, ‘तँ त मेरो प्रोडक्ट हो । अब पुरानो कुरा कोट्याएर के फाइदा, तँ एउटा ठाउँमा पुगिसकिस् यस्तो कुरा नगर भनेर मलाई सम्झाउनुभयो । त्यतिबेला मलाई भित्रैदेखि घिन लागिरहेको थियो । तै पनि हाँसेर बोलेँ ।’ 

ती कुराहरु भनिरहँदा भुवन केसीले आफूमाथि ह्यारेस्मेन्ट गरेको आशय व्यक्त गर्दै साम्राज्ञीले थपेकी छन्, ‘ती कुराहरु अलि टाढाबाट पनि भन्न सकिन्छ नी । गाला जोड्याएर, टाँस्सिएरै भन्नु पर्छ र ? छोरी अब यस्तो नगर है भन्दै गालामा मुख जोड्याएरै भनिराख्नुभएको थियो । तै पनि म सुनिरहेँ । उहाँलाई ‘अंकल’ भन्दा मन पर्दैन । त्यसैले मैले उहाँलाई ‘हुन्छ दाई’ भन्दै धकलेँ ।’

Share This
  • 1K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1K
    Shares