फिल्म ‘चिसो मान्छे’मा स्वस्तिमा फाईनल, लिईन् १८ लाख पारिश्रमिक

Published On: Saturday December 12, 2020

Published By: Kollywood Hangama

कलिउड हंगामा । नायिका स्वस्तिमा खड्का चलचित्र ‘चिसो मान्छे’मा अनुवन्धित भएकी छिन् । चलचित्रर्की निर्मात्री शर्मिला पाण्डे र नायिका खड्काविच बुधबार संझौता भएको हो ।

उसो त, स्वस्तिमाले चलचित्रमा काम गर्न लागेको खबर केही महिना अगाडि नै सार्वजनिक भएको थियो । तर, चलचित्रको निर्माणपक्षले बुधबारमात्र स्वस्तिमासँग लिखित संझौता गरेको हो ।

दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो चलचित्रका लागि स्वस्तिमाले महंगो पारिश्रमिक वुझेकी छिन् । निर्मात्री पाण्डेले भने स्वस्तिमाको भूमिका नै बेजोड खालको भएको भन्दै पारिश्रमिकको बिषयमा बहस गर्न आवश्यक नरहेको बताइन् ।

यो चलचित्रले मानिसहरुमा देखिएको नैराश्यताको कथालाई प्रस्तुत गर्नेछ । नायिका खड्काले निर्देशक निश्चल बस्नेतको निर्देशनमा बन्ने चलचित्र ‘जिन्दाबाद’मा पनि काम गर्ने तयारी गरेकी छिन् ।

Share This
  • 115
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    115
    Shares