प्रदिपको ‘प्रकाश’मा हिरोईनको खोजी

Published On: Monday December 7, 2020

Published By: Kollywood Hangama

कलिउड हंगामा । नायक प्रदिप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘प्रकाश’का लागि कलाकारको खोजी गरिएको छ । चलचित्रको निर्माणपक्षले विभिन्न कलाकारको खोजी गर्दै अडिसन आयोजना गर्ने बताएकोछ ।

चलचित्रका लागि १६ देखि १८ बर्ष उमेरकी नायिकाको खोजी गरिएको छ । यस्तै, २० देखि २२ बर्ष भित्रका नायकको पनि खोजी गरिएको छ । यस्तै, चरित्र अभिनेता, चरित्र अभिनेत्री, सहायक कलाकार९पुरुष र महिला०, बाल कलाकार, सहयोगी कलाकार९पुरुष र महिला०को खोजी गरिएको निर्माणपक्षले बताएको छ ।

दिनेश राउतको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । चलचित्रको लागि अडिसन डिसेम्बर १५ देखि १७ तारिखसम्म अस्कर कलेज, सुकेधारमा आयोजना गरिनेछ ।

वेनिश इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रले दुर्गम गाउँबाट उदाएको एक यूवकको कथालाई प्रस्तुत गर्नेछ । यो चलचित्रका लागि नायक प्रदिप खड्काले ३ महिना कलाकार अनुप बरालसँग अभिनयको कोर्ष पनि सिकेका थिए ।

Share This
  • 12.3K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12.3K
    Shares