पुजा र आकाशकाे स्टारडमकाे चर्चा

Published On: Sunday February 21, 2021

Published By: Kollywood Hangama

पछिल्लो समय समाजिक सञ्जालमा निकै चर्चित जाेडि पुजा शर्मा र आकाश श्रेष्ठकाे व्यापक फ्यान फलोइङ् देख्न सकिन्छ । युट्युब भिडियो देखि फेशबुकका भित्तामा उनिहरुकाे जबरजस्त क्रेज देख्न सकिन्छ । फिल्म रिलीजमा समेत उनिहरुकाे फिल्मले राम्रो अोपनिङ दिलाएकाे दावी गरिन्छ ।

यहि केही अपुर्ण तथ्यलाई आधार मानेर केही युट्युबे पत्रकारहरुले पुजा शर्मा र आकाश श्रेष्ठलाई सुपरस्टारकाे दर्जा दिएकाछन् । कलाकारकाे अन्तरबार्ता गरेर बिहान बेलुका चामलकाे भात खाने ९० प्रतिशत युट्युबेले पुजा र आकाशलाई सुपरस्टार बनाएको लामाे समय भैसकेको छ। तीन बर्ष पहिले नै यिनै हलुका तर्क र हाँसोमजाक गर्दै आएका केही युट्युबेले पुजा र आकाशलाई जबर्जस्ती जाेडि बनाएर आफै स्टार घोषित गरिदिए । त्यसपछि केही सामाजिक सञ्जालमा आफै पेज र ग्रुपहरु बनाएर उनिहरुकाे फेक फ्यान देखाउने फण्डा समेतर गरे ।

कलाकारकाे स्वभाविक फ्यान हुन्छन्, त्यो पुजा आकाशकाे पनि छन् । तर केही युट्युबेले आफ्नाे फाईदाकाे लागी झुटकाे सहारामा कुनै पनि कलाकारलाई स्टार घोषित गर्नु गलत हाे । ति कलाकारकाे भविष्यकाे ठेगाननै नभएको स्थितिमा अहिल्यै स्टार घोषणा गरेर, केही समय पछि मानसिक तनाव दिने काम युट्युबे पत्रकारले गरिरहेका छन् । जुन चलचित्र उघाेगकाे लागि घाट सिद्ध हुनेछ ।

Share This
  • 2.3K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.3K
    Shares