नेपाली चलचित्र उघाेग धरापमा, सिनेमा घर धमाधम बन्द हुदै ।

Published On: Thursday March 19, 2020

Published By: Kollywood Hangama

काेराेना काे कारण रिलिज डेट लिएका चलचित्रले प्रदर्शन मिति पछि सार्दिदा र प्रदर्शनरत चलचित्र हेर्न दर्शक हाल नजादा सिनेमा हल बन्द हुने अवस्थामा पुगेका छन् । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण दर्शक हलमा जान छोडेका छन् भने चलचित्रले पुर्ब घाेषित रिलिज डेट पनि पछि सारेपछि हलहरु बन्द हुने स्थिति सिर्जना भएको हाे ।

अधिकांश चलचित्र पूर्व निर्धारित मितिमा रिलिज नहुने भएपछि हल स्वतः बन्द हुने अवस्थामा पुग्न लागेका हुन् । नेपालीदेखि हिन्दी तथा अंग्रेजी चलचित्रले प्रदर्शन मिति पछि सारिसकेका छन् । अङ्ग्रेजी चलचित्र ‘फास्ट ९’ ‘ब्ल्याक विडाे’ नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ ‘नीरफूल’ ‘चपली हाइट ३’ र ‘प्रेमगीत ३’ हिन्दी चलचित्र ‘सूर्यवंशी’र ‘८३’ ले रिलिज अनिश्चित समय काे लागि स्थगित गरेका छन् ।

प्रदर्शनमा आएका चलचित्र हेर्न दर्शक नआउने र रिलिज डेट लिएका चलचित्रले प्रदर्शन मिति पछि सारेपछि सिनेमा हल बन्द हुने अवस्थामा पुगेका छन् । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण दर्शक हलमा जान छोडेका छन् भने चलचित्रले रिलिज डेट पनि पछि सारेका छन्

हलमा दर्शकको संख्या न्यून हुँदा हल सञ्चालन गर्न कठिन भइरहेको हलवाला काे भनाइ छ । चलचित्र र दर्शक नै नभएको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे अहिले हल ब्यबसायी हरु अन्तरिक छलफलमा छन् ।

चर्चित हल क्यूएफएक्स चेनले चलचित्र हेर्न आउने दर्शकमा कोरोना भाइरसको संक्रमण हुन नदिन सतर्कता अपनाएको छ । क्यूएफएक्स चेनले हलमा सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोग गरेको छ । यद्यपि हलको यो सतर्कताले पनि दर्शकलाई आकर्षण भने गर्न सकेको छैन । क्यूएफएक्स चेनका काठमाडौं भित्र र बाहिर जम्मा १२ वटा सिनेमा घर छन् ।

काठमाडौं का चर्चित वितरक गोपालकाजी कायस्थ नयाँ चलचित्र रिलिज भए पनि दर्शक हलसम्म नआउने बताउँछन् । समाज पुरै कोरोनाको आतंकमा रहेका बेला सिनेमा घर पनि अछुतो नरहेको भन्दै चलचित्र हेर्न आउने दर्शकको संख्या घटेको बताउँछन् । 

“हलमा सरसफाई पनि गरेका छौं । सेनिटाजरको व्यवस्था पनि गरेका छौं । र पनि दर्शक आउनै छोडिसक्नु भयो,” कायस्थ भन्छन्, “अबको केही दिनमा पनि कोरानाको प्रभाव घटेन भने हल बन्द गर भनेर कसैले भन्नै पर्दैन, आफैँ बन्द हुन्छ ।” 

“चलचित्रको सो घटाएर हुन्छ अथवा अरु कुनै उपाय अपनाएर हुन्छ, सकेसम्म हल बन्द नगर्ने पक्षमा छौं,” श्रेष्ठ भन्छन्, “तर नयाँ चलचित्र पनि नआउने र दर्शकको संख्या पनि शून्य भयो भने त सायद हल बन्द गर्नुको विकल्प पनि हुँदैन होला । तर अहिलेसम्म हल नै बन्द गर्ने पक्षमा भने हामी छैनौं ।” कायस्थ भन्छन्

चीन, अमेरिका, इटाली, भारतको कोरोना प्रभावित राज्यमा सिनेमा हल बन्द भइसेकका छन् । तर विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमपूर्ण क्षेत्रमा राखे पनि अहिलेसम्म कसैको पनि ज्यान गएको छैन । सरकारले भीडभाड हुने सभासम्मेलन, सेमिनार तथा गोष्ठी, भोजभतेर साथै चलचित्र घर पनि बन्द गर्न आदेश दिईसकेकाे छ ।

Share This
  • 161
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    161
    Shares