निखिल को तहल्का, ‘आयो भैरब’को हुदैछ यस्तो तयारी

Published On: Tuesday November 3, 2020

Published By: Kollywood Hangama

कलिउड हंगामा । एक्सन किङ निखिल उप्रेतीको डेब्यु फिल्मको नाम कसलाई थाहा नहोलार, पिँजडा फिल्मबाट डेब्यु गरेका निखिलले पहिलो फिल्ममा सात तलाबाट हामफालेर चर्चामा मात्र आएनन् निखिलको क्रेज त्यति बेला सगरमाथाको उचाई जस्तै निकै उच्च थियो ।

निखिल उप्रेतीको त्यो समयको स्टारडम हेरेर जोकोहि लोभिने गर्थे, निखिलले लगातार हिट फिल्म दिन थालेपछि निर्माताहरु निखिललाई लिएर फिल्म बनाउन तछाडमछाड गर्थे, यता दर्शकहरु पनि निखिलको फिल्म भनेपछि दिनभर घण्टौं समय दिएर हेर्ने गर्थे । पिँजडा, मायाको जाल, हामी तीन भाई, निखिल दाई, धड्कन,अभिमन्यु, निशाना, अग्निपथ, भाग्य, दोबाटो आदि फिल्महरु आज पनि हाम्रो मनमा छन्,आज पनि यी फिल्महरुको हामी सजिलै फरर नाम लिन सक्छौं । त्यो समयमा निकै हिट फिल्म दिइरहेका निखिल उप्रेती निकै व्यस्तता को बाबजुद केहि समय ब्रेक लिन र नयाँ प्रबिधि भित्र्याउन भन्दै मुम्बई हानिए र त्यहाँको फिल्म क्षेत्रमा पनि निखिलले निकै संघर्ष गरे , निखिलले त्यहाँको फिल्म क्षेत्रबाट पनि धेरै अनुभव लिएर नेपाली फिल्म उद्योगमा पाँच वर्ष पछि जबर्जस्त कमब्याक गरे ।
नेपाली दर्शक लामो समय सम्म एक्सन फिल्म हेर्न नपाएर भोकाइरहेको अवस्थामा निखिलले दमदार एक्सनको साथमा चलचित्र ‘भैरब’ मार्फत कमब्याक गरे नेपाली चलचित्र उद्योगमा, सुन्नमा आए सम्म नेपाली फिल्महरु हलमा कहिल्यै हेर्न नगएका दर्शकहरु पनि निखिलको दमदार र नौलो एक्सन हेर्न हल सम्म पुगेका थिएअरे, त्यस समयमा नेपाली फिल्म हेर्ने दर्शकहरु हराइसकेका भन्दा फरक नपर्ला, तर निखिलको कमब्याक सगै नेपाली चलचित्र प्रेमी दर्शकहरु पनि भैरब फिल्मबाटै हलसम्म फर्किएका थिए ।

त्यस समयमा भैरवले रेकर्ड ब्रेक कलेक्सन गर्दै ब्लकबस्टर भयो, तर समय सधैं एकैनास नहुँदो रैछ, निखिलले कमजोर कथावस्तुको फिल्म खेल्न थालेपछि त्यसपछि आएका निखिलका कुनै पनि फिल्मले भैरवको बराबरी व्यापार गर्न सकेनन्, तर पनि अहिले नेपालमा यदि दर्शकले सबैभन्दा पहिले कुनै एक्सन हिरोको नाम लिन्छन् भने निखिलको नाम पहिलो नम्बरमा लिने गर्छन्, उनै दर्शकले निखिललाई ‘एक्सनकिङ’ को उपाधि समेत दिएका छन्, यो नेपाली चलचित्र क्षेत्रकै कुनै कलाकारले बनाएको सबैभन्दा ठूलो स्टारडम पनि हो, दर्शकले एक्सन फिल्ममा अहिले पनि निखिललाई नै पहिलो प्राथमिकतामा राखेको कारण निखिलले अझै हार भने मानेका छैनन्, उनै निखिल अहिले भैरवको सिक्वेल ‘आयो भैरव निर्माण गर्न लागिपरेका छन्। दमदार कथावस्तु लिएर दमदार एक्सनको साथमा चलचित्र आयो भैरब मार्फत पुनः बक्स अफिसमा आउन लागेको निखिले जानकारी दिएकाछन् । केही समय अघि देखि बिरामी भएर आराम गरिरहेका निखिल अहिले भने ठीक भएर दिनहुँ जसो फिल्मको प्रि प्रोडक्सनमा व्यस्त छन् । निखिलको साथमा धेरै समय पछि रियल जोडी सञ्चिता लुइँटेललाई सगै फिल्मको पर्दामा फर्किने व्यापक सम्भावना छ, उक्त रियल जोडिलाई पर्दामा हेर्न पाउने भएपछि दर्शकहरुमा यो फिल्म झनै प्रतिक्षित बनेको छ,निखिलले केही कलाकारलाई आयो भैरव मार्फत् नेपाली रजतपटमा डेब्यु गराउने पनि जानकारी प्राप्त भएको छ ।

Share This
  • 3.6K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3.6K
    Shares