‘झोला’को झल्को दिनेगरी जातीय विभेद बिरुद्ध ‘महामतवाली’ बन्दै

Published On: Friday November 6, 2020

Published By: Kollywood Hangama

कलिउड हंगामा । ‘गुरुकुलमा जातीय विभेद अन्त्य गरौँ सबैले वेद पुराणा पढुन्’ अभियानका अभियान्ता तथा बरिष्ठ पत्रकार चन्द्रकान्त पौड्याललगायतको टिमले फिल्म निर्माण गर्ने भएकोछ। लामोसमयदेखि पुर्बीय संस्कृति प्रवर्द्धनको निम्ति अभियान चलाईरहेका चन्द्रकान्त पौडेलको टिमले नेपाली समाजमा व्याप्त रहेको जातीय छुवाछूत बिरुद्ध ‘महामतवाली’ नामक चलचित्रको निर्माण गर्ने भएका हुन् ।

सामाजिक कथाबस्तुमा बन्ने यश चलचित्रमा नेपालका बरिष्ठ कलाकार देखि नयाँ कलाकार समेतको अभिनय रहनेछ । विभिन्न पक्षबाट उक्त अभियानलाई साथ मिलिरहेको अवस्थामा नेपाली चलचित्र क्षेत्रबाट पनि नेपाली समाज र जातीय छुवाछूत विरुद्धको अभियानलाई सहयोग पुग्ने विश्वास सहित चलचित्र निर्माण गर्न लागेको फिल्मका निर्माता चन्द्रकान्त पौडेलले कलिउड हंगामालाई जानकारी दिए ।

अहिले प्रि प्रोडक्सनमा रहेको फिल्मको धमाधम गीत रेकर्डिङ भैरहेको छ । ‘स्थायी डिजिटल रेकर्डिङ स्टुडियो’ अनामनगरमा फिल्मको गीत धमाधम रेकर्ड भैरहेको छ । फिल्ममा तीन गीत समावेश गरिने र गीतमा प्रमोद खरेल, मेनुका पौडेल र विमला परियार लगायतको आवाज रहने बताइएको छ । फिल्ममा संगीत भने चन्द्रकान्त स्वयंको रहनेछ ।

चलचित्रमा कथा पटकथा र संवाद चन्द्रकान्तकै रहेको छ भने बाँकी विभाग टुङ्गो लाग्न बाँकि रहेको छ । मंसिर अन्तिमबाट छायांकनमा जाने चलचित्रलाई बरिष्ठ संस्कृतविद्, सामाजिक अभियान्ता, बरिष्ठ कलाकार लगायत जातीय विभेद बिरुद्ध आवाज उठाइरहेका सबैले साथ दिएका छन् । चलचित्रलाई सिंहदरबार देखि पृथ्वी राजमार्गआसपासका विभिन्न स्थानमा छायांकन गरिनेछ ।

Share This
  • 729
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    729
    Shares