किन सुध्रिदैनन् नेपाली निर्माता ?

Published On: Wednesday October 28, 2020

Published By: Kollywood Hangama



कलिउड हंगामा । २०७५ अन्तिममा २ ओटा चलचित्र प्रर्दशनमा आएका चलचित्र ए मेरो हजुर ३ ले बक्स अफिस मा कमाल को कारोबार ग¥यो भने सलिन मान बानिया स्टारर चलचित्र यात्राले औषत माथिको कारोबारगर्न सफलभयो । २०७६ सााल चलचित्र क्षेत्रको लागि निकै महत्वपुर्ण हुने चलचित्रकर्मी को अनुमान थियो । तर, बर्षभरीमा चार पाँच चलचित्रले मात्र सफलता हातपारे ।

बैशाख मा दाल भात तरकारि, जेष्ठ मा जात्रै जात्रा ,असोज मा कबड्डि कबड्डि कबड्डि छ माया छपक्कै ले सफलता को कारोबार गरे भने विरविक्रम २, मारुनि र पोई प¥यो काले ले औषत को कारोबार गरे बाँकि सबै चलचित्रले पानि भन्न पाएनन् आखिर किन चल्दैनन्त नेपालि चलचित्र ?

केहीबर्ष अगाडि निश्चल बस्नेत निर्देशित चलचित्र लुट प्रर्दशनमा आयो, उक्त चलचित्रले बक्स अफिसमा कमालको कारोबार गरेपछि सबै निर्माताले त्यै लहर पछ्याए, अनि सबै निर्माताले त्यै लहरमा बगेर गय ।

२०७३ मा दिपकदिपाको टिमले छक्का पञ्जा बनाए । चलचित्रले रेर्कडब्रेकिङ कारोबारगर्दै सफल भयो । त्यसपछि सबै निर्माताले कमेडि चलचित्रको लहर चलाए र सबले हावा खाए । चलचित्र समिक्षकका अनुसार निर्देशकमा रचनात्मक क्षमता को कमि र अरुको नक्कलगर्ने प्रवृतिले नेपालि चलचित्रका र्दशक भड्काउने काम गरेकोछ । समग्र चलचित्र क्षेत्रको विकासगर्न अरुको नक्कलगर्ने प्रवृति हटाउने र निर्देशनात्मकमा रचना गर्ने क्षमताको बृद्घिगर्न जरुरि छ ।

लहड र नक्कल गर्ने प्रवृतिले आजित भएको उघोग कोरोनाले झन् थिलथिलीयो । अब कोरोना सकिएसँगै नेपाली चलचित्रकर्मीले पनि नयाँ सोचकासाथ अगाडि बढ्न आवश्यक छ ।



Share This
  • 4.6K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4.6K
    Shares