इन्स्टाग्राममा बलिउड स्टारकाे दबदबा

Published On: Sunday December 13, 2020

Published By: Kollywood Hangama

कलिउड हंगामा । संसारकै प्रभावशाली ‘टप २५’ इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा तीन भारतीय परेका छन्। पिंकभिल्लाका अनुसार, हाइप अडिटरले सार्वजनिक गरेको प्रभावशाली इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अभिनेत्री अनुष्का शर्मा र विराट कोहली समावेश छन्।

हाइप अडिट डेटा संकलन र त्यसको विश्लेषण गर्ने प्लेटफर्म हो। पिंकभिल्लाका अनुसार, हाइप अडिटले विश्वका सबैभन्दा बढी प्रभावशाली इन्स्टाग्राम प्रयोगकर्तामा एक हजार जना प्रयोगकर्ताको सूची सार्वजनिक गरेको हो। यो सूची प्रयोगकर्ताको फलोअर्स, उनले राखेको पोष्टको प्रभावकारिता र फलोअर्सको संलग्नताको आधारमा तयार पारिन्छ।
टप २५ को सूचीमा पहिलो स्थानमा फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो छन्। रोनाल्डको प्रत्येक पोष्टमा ४५ लाख बढी अन्य इन्स्टाग्राम प्रयोगकर्ताको संलग्नता पाइयो।

उनी पछि क्रमशः गायिका कायली जेनर र केन्डल जेनर सूचीमा परेका छन्। ‘इन्फ्लुएन्सर मार्केटिङ हब’ को आधिकारिक वेभसाइट अनुसार चौथो स्थानमा फुटबलर लियोनेल मेस्सी परेका छन् भने पाँचौं स्थानमा गायिका सेलेना गोमेज छिन्।

सेलेनालाई अर्की चर्चित गायिका आरियाना ग्रान्डेले पछ्याएकी छन्। टेलर स्वीफ्ट भने १३ औं स्थानमा छिन्। त्यस्तैमा भारतीय टिमका कप्तान विराट कोहोली सूचीको ११ औं स्थानमा परेका हुन्। उनी भन्दा अघि १० औं स्थानमा अमेरिकी गायिका बियोन्से परेकी छन्।

भारतबाटै विश्वको सबैभन्दा बढी प्रभावशाली इन्स्टाग्राम प्रयोगकर्ताको ‘टप-२५’ मा पर्न सफल अर्का इन्स्टाग्राम प्रयोगकर्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन्।

उनी सूचीको १९ औं स्थानमा परेका छन्। अभिनेत्री अनुष्का शर्मा पनि ‘टप-२५’ को अन्ततिर छिन्। २४ औं स्थानमा परेकी उनीअघि क्रमशः अमेरिकी मिडिया क्षेत्रकी खोले कार्दासियन र गायिका रिहाना परेका छन्। बलिउडबाट अभिनेत्री कट्रिना कैफ र दिपिका पादुकोण भने टप-५० को सूचीमा परेका छन्।

कट्रिना विश्वको सबैभन्दा बढी प्रभावशाली इन्स्टाग्राम प्रयोगकर्ताहरूको सूचीमा ४३ औं स्थानमा छिन् भने दिपिका ४९ औं स्थानमा रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ

Share This
  • 151
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    151
    Shares