आर्यनकाे जोडीमा अनमोलकि हिराेइन ‘उपासना’ फाईनल

Published On: Sunday December 6, 2020
Published By: Kollywood Hangama
कलिउड हंगामा । ‘क्याप्टेन’बाट नेपाली रजतपटमा डेब्यू गरेकी उपासना सिंह ठकुरीले तेश्रो सिनेमा साइन गरेकी छन्।

उनले तेश्रो सिनेमाको रूपमा ‘डिसेम्बर फल्स’ साइन गरेकी हुन्।
सिनेमा आर्यन सिग्देल मुख्य भूमिकामा छन्। मंगलबार निर्माण टिमले ‘डिसेम्बर फल्स’ मा उपासना छनौट भएको सार्वजनिक गरेको हो।
उपासनाका हालसम्म ‘क्याप्टेन’ र ‘कबड्डी कबड्डी कबड्डी’ गरी दुई सिनेमा रिलिज भएका छन्।
सिनेमामा अनुबन्धित भएकी उपासनाले स्क्रिप्ट र टिम मन परेकाले ‘डिसेम्बर फल्स’ साइन गरेको प्रतिक्रिया दिएकी छन्।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमालाई भारतीय सिनेमा उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्दैछन्।
लक्ष्मण रिजाल कार्यकारी र राजकुमार भट्ट निर्माता रहेको सिनेमामा आर्यन र उपासनाका साथमा सुमन थापा,सलोन बस्नेत,नागेन्द्र रिजाल,चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल,नरेश भट्टराईलगायतले अभिनय गर्ने पक्का भइसकेको छ भने केही कलाकारको छनौट कार्य अझै जारी छ।
भारतीय सिनेम्याटोग्राफर रवि नायडुले खिच्ने सिनेमाको कथा बिपीका खनालले लेखेकी हुन् भने पटकथा र सम्वाद केदार भुसालको हो।
सिनेमामा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहनेछ। सिनेमाको सुटिङ माघ ४ गतेदेखि गर्ने योजना निर्माण पक्षको छ।
०७८ साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको सिनेमा काठमाडौ र पोखरामा खिचिने छ।